कोरोना संक्रमण बढेपछि कडाई गर्ने तयारी, सीसीएमसीसँग छलफल गर्दै उपत्यकाका सीडीओ

कोरोना संक्रमण बढेपछि कडाई गर्ने तयारी, सीसीएमसीसँग छलफल गर्दै उपत्यकाका सीडीओ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – काठमाण्डु उपत्यकामा कोरोना भाइरसको संक्रमण बढेपछि थप कडाई गर्ने तयारी भएको छ ।

पछिल्लो समय उपत्यकामा भीडभाड बढेसँगै संक्रमणदर उच्च भएपछि केही क्षेत्रमा कडाई गर्ने तयारी भएको छ । सोही विषयमा उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुले कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) सँग छलफल गर्ने भएका छन् ।

काठमाण्डु, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुले सीसीएमसीका प्रतिनिधिहरुसँग छलफल गर्ने भएका हुन् । कोरोना भाइरसको संक्रमण दिनप्रतिदिन बढिरहेकाले थप क्षेत्रमा कडाई गर्ने विषयमा मंगलबार बिहान छलफल हुन लागेको हो ।

काठमाण्डुका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले केही क्षेत्रमा कडाई गर्दै संक्रमण नियन्त्रणबारे छलफल हुने जानकारी दिए । उनले सामाजिक दूरी कायम गर्न कडाई गर्ने बताए ।