कोरोनाको हटस्पट बन्दै काठमाण्डु उपत्यका, नाकाबाट भित्रिएका २४ जना संक्रमित

कोरोनाको हटस्पट बन्दै काठमाण्डु उपत्यका, नाकाबाट भित्रिएका २४ जना संक्रमित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – काठमाण्डु उपत्यका प्रवेश गर्ने तीन वटा नाकाबाट भित्रिएका २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले थानकोट, फर्पिङ र साँगाबाट संकलन गरिएको स्वाब परीक्षण गर्दा २४ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।

‘संकलन भएको नमूनामध्ये झन्डै ३ हजार ४ सयको परीक्षण गर्दा २४ जनामा संक्रमण पोजेटिभ देखिएको छ,’ उनले भने।

तीन वटा नाकामध्ये संक्रमित संख्याको प्रतिशत बढी फर्पिङ र साँगा नाकाको रहेको प्रवक्ता गौतमले जनाए ।

पछिल्लो समय उपत्यकामा कोरोना संक्रमितको संख्या बढेपछि मन्त्रालयले मुख्य प्रवेश विन्दुबाट १० हजार जनाको परीक्षण गर्ने बताएको छ ।