काठमाण्डु उपत्यकामा ५ सय ९७ जना कोरोना संक्रमित थपिए

काठमाण्डु उपत्यकामा ५ सय ९७ जना कोरोना संक्रमित थपिए

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – काठमाण्डु उपत्यकामा पछिल्लो २४ घण्टामा ५ सय ९७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाण्डुमा ४८३, ललितपुरमा ३३ र भक्तपुरमा ८१ जना रहेका छन् ।

यस्तै शनिबार ४ सय ३१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । यो सहित काठमाण्डु उपत्यकामा संक्रमितको संख्या ११ हजार ७ सय ३६ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।