काठमाण्डु – काठमाण्डु उपत्यकामा पछिल्लो २४ घण्टामा २ हजार ५ सय ४० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाण्डुमा २०८५ , ललितपुरमा ३२० र भक्तपुरमा १३५ जना रहेका छन् ।
बुधबार काठमाण्डु उपत्यकामा १ हजार ६ सय ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । जसअनुसार काठमाण्डुमा १२९६ , ललितपुरमा २९३ र भक्तपुरमा ९५ जना रहेका थिए ।
योसहित काठमाण्डु उपत्यकामा संक्रमितको संख्या ३६ हजार २ सय ८८ पुगेको प्रवक्ता डा. गौतमले जानकारी दिए ।




प्रतिक्रिया