काठमाण्डु उपत्यकामा ६ सय ७३ जना कोरोना संक्रमित थपिए

काठमाण्डु उपत्यकामा ६ सय ७३ जना कोरोना संक्रमित थपिए

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – काठमाण्डु उपत्यकामा पछिल्लो २४ घण्टामा ६ सय ७३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाण्डुमा ५५५, ललितपुरमा ३५ र भक्तपुरमा ८३ जना रहेका छन् ।

यस्तै सोमबार ५ सय १२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । जसअनुसार काठमाण्डुमा ४४०, ललितपुरमा २९ र भक्तपुरमा ४३ जना रहेका थिए ।

यो सहित काठमाण्डु उपत्यकामा संक्रमितको संख्या १२ हजार ९ सय २१ पुगेको प्रवक्ता डा. गौतमले जानकारी दिए ।