काठमाण्डु उपत्यकामा ९३४ जना कोरोना संक्रमित थपिए

काठमाण्डु उपत्यकामा ९३४ जना कोरोना संक्रमित थपिए

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – काठमाण्डु उपत्यकामा पछिल्लो २४ घण्टामा ९ सय ३४जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाण्डुमा ७४७ , ललितपुरमा ११४ र भक्तपुरमा ७३ जना रहेका छन् ।

काठमाण्डु उपत्यकामा यो संख्या हालसम्मकै उच्च हो । नेपालमा आज कूल १५ सय १३ जना कोरोना संक्रमित फेला परेका छन् । कूल संक्रमितको ६० प्रतिशत कोरोना संक्रमित काठमाण्डु उपत्यकामा फेला परेका हुन् ।

यस्तै सोमबार ८ सय १७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । जसअनुसार काठमाण्डुमा ६४९, ललितपुरमा १३२ र भक्तपुरमा ३६ जना रहेका थिए ।

यो सहित काठमाण्डु उपत्यकामा संक्रमितको संख्या २३ हजार २ सय ५५ पुगेको प्रवक्ता डा. गौतमले जानकारी दिए ।