काठमाडौं – काठमाडौंमा एक जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
सोमवार स्वास्थ्यमन्त्री भानुभक्त ढकालले आकस्मिक पत्रकार सम्मेलन गर्दै संक्रमण देखिएको बताएका छन् । फ्रान्सबाट मंगलवार फर्किएकी १९ वर्षीय किशोरीमा संक्रमण देखिएको हो । उनको विवरण खुलाईएको छैन् ।
ती बिरामीको अहिले टेकु अस्पतालमा उपचार भइरहेको छ । एकमहिना अघि चीनको वुहानबाट फर्किएका एक नेपालीलाई पनि कोरोनाको संक्रमण देखिएको थियो । अहिले उनी उपचारपछि निको भएर घर फर्किएका छन् ।




प्रतिक्रिया