काठमाण्डु – बागमती प्रदेशमा आइतबारदेखि १२ देखि १७ वर्ष उमेर समुहका बालबालिकालाई कोरोना विरुद्धको खोप लगाइने भएको छ । सरकारको खोप अभियान अन्तर्गत २ लाख २ हजार २ सय ८७ बालबालिकालाई कोरोनाविरूद्धको मोर्डना खोप लगाइने भएको हो ।
यसका लागि २ लाख ७ हजार ३ सय ८० डोज खोप उपलब्ध गराइएको छ । आइतबार बागमती प्रदेशका मकवानपुर, धादिङ, नुवाकोट, रसुवा, सिन्धुपाल्चोक, दोलखा र रामेछापमा खोप अभियान सुरु हुनेछ।
यी जिल्लाका विद्यालयमा पुगेर स्वास्थ्यकर्मीले खोप अभियान सञ्चालन गर्नेछन्। खोप अभियानलाई प्रभावकारी ढंगले सञ्चालन गर्न बागमती प्रदेशका सबै स्वास्थ्य इकाइहरूलाई स्पष्ट निर्देशन दिइएको बागमती प्रदेशका स्वास्थ्यमन्त्री निमा लामाले बताएका छन् ।




प्रतिक्रिया