काठमाण्डु- सरकारले चिनियाँ वालभ्याक्स बायोटेक्नोलोजीले विकास गरिरहेको कोरोना खोपको तेस्रो चरणको परिक्षण नेपालमा गर्न अनुमति दिएको छ । चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार सो चिनियाँ खोपको तेस्रो चरणको परिक्षण गर्न नेपालले अनुमति दिएको हो ।
वालभ्याक्स र नेपालको साझेदार देउराली–जनता फर्मास्युटिकल प्रा.लि.ले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ३ हजार जनामा खोपको तेस्रो चरणको परिक्षण गर्ने जनाइएको छ । उक्त खोप वालभ्याक्स र चीनको इन्स्टिच्युट अफ मिलिटरी मेडिसिनले संयुक्त रुपमा विकास गरिरहेका छन् ।




प्रतिक्रिया