विराटनगर – उदयपुरका ८ जना कोरोना भाइरस संक्रमित अस्पतालबाट डिस्चार्ज भएका छन् ।
विराटनगरको कोसी अस्पतालमा उपचाररत भुल्केका ८ जनामा कोरोनाको संक्रमण नदेखिएपछि डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ । यतिबेला कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा १७ जना रहेका छन् ।
प्रदेश १ मा जम्मा कोरोना संक्रमितको संख्या ३१ थियो । नेपालमा हालसम्म १०१ जना कोरोना संक्रमित रहेका छन् ।




प्रतिक्रिया