कोरोनाबाट बेलायतमा नेपाली बाबु–छोरीको मृत्यु, कोही पनि मलामी नै गएनन्

कोरोनाबाट बेलायतमा नेपाली बाबु–छोरीको मृत्यु, कोही पनि मलामी नै गएनन्

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी – कोरोना भाइरस (कोभिड–१९) संक्रमणकै कारण बेलायतमा एकै परिवारका दुई जनाको निधन भएको छ । बेलायती अनलाइन द सनका अनुसार हिथ्रो अन्तर्राष्ट्रिय विमास्थलको अध्यागमन कार्यालयमा कार्यरत नेपाली मूलका ६१ वर्षीय सुधीर शर्माको बुधवार मृत्यु भएको हो ।

त्यस्तै २४ घण्टाभित्र नै उनकी छोरी त्यहाँको फार्मासिस्ट पूजाको मृत्यु भएको हो । शर्मा हिथ्रो विमानस्थलको टर्मिनल ३ मा कार्यरत रहेका थिए । अधिकारीहरुले शर्मा काममा रहँदा संक्रमित नभएको बताएका छन् । उनी जनवरी ७ देखि बिदामा थिए ।

सनले विमानस्थल स्रोतलाई उदृत गर्दै लेखेको छ, ‘यो एउटा दुःखद समाचार हो । उनी प्यारा थिए ।’

उनको मृत्युसँगै उनको परिवारको चिन्ता पनि थपिएको उल्लेख छ । आइसोलेसनकै कारण उनको परिवारले उनको शव पाएको छैन ।

पश्चिम लण्डन निवासी उनमा केही पछिल्ला वर्षमा स्वास्थ्य समस्या देखिएको थियो । तर, पछिल्ला दिनहरुमा उनी विमानस्थलमा अग्रपंतिमा रहेर काम गरिरहेका थिए ।

उनकी छोरी पूजा इस्टवुर्ने डिस्ट्रिक जनरल अस्पतालमामा काम गर्थिन् । उनी तीन दिनदेखि मेडिकल केयरमा थिइन् ।

उनीहरुबीच बुबाको मृत्यु अगाडि निकट सम्पर्क थियो वा थिएन भन्ने यकीन भइसकेको छैन । शर्माको अन्त्येष्टिमा कोही पनि मलामी जान मानेनन् ।

‘सुधीर सम्मानीत कर्मचारी थिए । अनुभवी अधिकारी थिए । उनको अभाव सबैले महसुस गर्ने छन्’, हिथ्रोका बोर्डर फोर्स निर्देशक निक जारिवालाले भने ।