काठमाडौं – बेलायतका स्वास्थ्य मन्त्री म्याट हानककलाई पनि नोभेल कोरोना भाइरसको संक्रमण भएको छ ।
उनलाई शुक्रबार कोरोना भाइरसको संक्रमण भएको ट्विटरमार्फत जानकारी गराएका हुन् । उनले आफूलाई सामान्य लक्षणहरु देखिएको जाँच गराउँदा कोरोना पोजेटिभ पुष्टि भएपछि घरमै सेल्फ आइसोलेसनमा रहेको जानकारी गराएका छन् ।
करिब दुई घण्टा अघि बेलायती प्रधानमन्त्री बोरिस जोन्सनलाई नोभेल कोरोना भाइरसको संक्रमण भएको जोन्सनले ट्विटरमार्फत जानकारी गराएका थिए ।
त्यस्तै कोरोना भाइरसबाट संक्रमित बेलायती महारानी एलिजवेथको स्वास्थ्यमा सुधार आएको छ । ‘महारानी र प्रधानमन्त्री जोन्सनबीच ११ मार्च, २०२० मा भेट भएको थियो । उनको कल्याणको लागि उपयुक्त सुझावहरु लिएका थिए,’ दरबारबाट सार्वजनिक गरिएको सूचनामा भनिएको छ ।




प्रतिक्रिया