कोरोनालाई मध्यनजर गर्दै सिजी ब्राण्डले ल्यायाे फ्रुट तथा भेजिटेबल प्युरिफायर

कोरोनालाई मध्यनजर गर्दै सिजी ब्राण्डले ल्यायाे फ्रुट तथा भेजिटेबल प्युरिफायर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – बढ्दो कोरोना भाइरसलाई मध्यनजर गरी हालै सिजी ब्राण्डले नेपाली बजारमा फ्रुट तथा भेजिटेबल प्युरिफायर ल्याएको छ ।अहिलेको अवस्थामा स्वस्थ रहन हामीले खाने विभिन्न किसिमका तरकारी तथा फलफुललाई प्रशोधित गरि खाना मिल्ने बनाउनलाई सिजीले यो फ्रुट तथा भेजिटेबल प्युरिफायर ल्याएको हो ।

हेर्दा निकै नै आकर्षक देखिने यो प्युरिफायरले तपाईको खानालाई स्वस्थ त बनाउँदछ नै साथ साथै किचेको पनि शोभा बढाउदछ । यो प्युरिफायर तपाईले १० लिटरको क्षमतामा बजारमा पाउन सकिनेछ ।

यसले तरकारी र फलफुल मात्र नभै समुन्द्री खाना, मासु आदि पनि प्रशोधित गर्दछ । प्युरिफायर भएको हुनाले यसले किचेनको चक्कु, चम्चा, टेबल वेयर, बच्चाको दुध खाने बोतल आदी पनि प्रशोधित गर्दछ ।

यसमा ओजोन डिस् इन्फेक्सन टेक्नोलोजि भएको कारण यसले हानिकारक ब्याक्टेरिया, फंगस आदिलाई मारेर खानालाई प्रोशोधित गर्दछ । यो प्युरिफायरले खानामा भएको पौष्टिक तत्वहरुलाई भने जस्ताको तेस्तै राख्ने गर्दछ ।

यसमा अटोमेटिक टाईमर, पुस बटनका साथै सजिलै पढ्न मिल्ने डिजिटल डिस्प्ले पनि भएको हुनाले यसलाई सजिलै चलाउन सकिन्छ । कम्पनीले यसको खरिदमा १२ महिनाको वारेण्टीको पनि ब्यवस्था गरेको छ ।