काठमाडौं – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक बुधबार बसेको छ । बुधबार बसेको सचिवालय बैठकमा अन्य बैठक भन्दा माहोल फरक देखियो ।
विश्वभरी महामारीको रुप लिइरहेको कोरोना भाइरसको संक्रमणबाट जोगिन नेकपा सचिवालय बैठकमा उपस्थित नेताहरुले मास्क लगाउका थिए । नेताहरुले मास्क मात्र लगाएका थिएनन् उनीहरुबीच दुरीसमेत टाढा थियो ।
मिर्गौला प्रत्यारोपण गराई केही दिनअघि त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज भएका प्रधानमन्त्री केपी शर्मा ओलीमा अन्य व्यक्तिमा रहेका समान्य किटाणुले पनि संक्रमण गर्नसक्ने भन्दै सावधानी अपनाउन सुझाव दिएका थिए ।
नेताले दुरि कायम गरेर बस्नुमा पनि कोरोना भाइरसको विश्वव्यापी फैलावट प्रमुख कारण थियो ।
बैठकमा नेताहरुले दोस्रो पटक मिर्गौला प्रत्यारोपण सफल भएकोमा प्रधानमन्त्री ओलीलाई बधाई, चिकित्सकहरू र मिर्गौलादाताहरूलाई धन्यवाद दिएका छन् ।
प्रवक्ता नारायाण्काजी श्रेष्ठले सरकारले कोरोना संक्रमणलाई मध्यनजर गरी लिएको निर्णयको पार्टी बैठकले प्रसंसा गदै सजगता अबलम्वन गर्न सर्वसधारणलाई आग्रह गर्ने निर्णय लिएको बताए ।




प्रतिक्रिया