संक्रमित मन्त्रीको ट्राभल हिस्ट्रीः प्रधानमन्त्री, गृहमन्त्रीसहित सातै प्रदेशका मन्त्रीसँग बैठक

संक्रमित मन्त्रीको ट्राभल हिस्ट्रीः प्रधानमन्त्री, गृहमन्त्रीसहित सातै प्रदेशका मन्त्रीसँग बैठक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – कोरोना भाइरसबाट संक्रमित प्रदेश नम्बर २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले काठमाण्डुमा उच्चपदस्थ व्यक्तिहरुसँग भेटवार्ता गरेको खुलेको छ । उनी साउन १६ गते प्रहरी समायोजनबारे छलफल गर्न बालुवाटार पुगेका थिए ।

कोरोना भाइरसको संक्रमण पुष्टि भएका मन्त्री यादवले काठमाण्डुमा प्रधानमन्त्री केपी शर्मा अ‍ोली, गृहमन्त्री रामबहादुर थापा बादल, सात वटै प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रीहरू, प्रहरी महानिरीक्षक शैलेन्द्र थापा क्षेत्री, गृह सचिवलगायतसँग भेट गरेका थिए ।

साउन १८ गते काठमाण्डुबाट फर्किएका मन्त्री यादवले १९ गते कोरोना परीक्षण गराएका थिए । बुधबार साँझ मन्त्री यादवमा कोरोना रिपोर्ट पोजेटिभ आएको हो । मन्त्री यादव अहिले सरकारी निवासमा सेल्फ क्वारेन्टाइनमा बसेका छन् ।