कोरोना भाइरसबाट पैसालाई कसरी संक्रमणरहित बनाउने ?

कोरोना भाइरसबाट पैसालाई कसरी संक्रमणरहित बनाउने ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

डा. रवीन्द्र पाण्डे /काठमाडौं – कोरोना भाइरसको जोखिमबाट बच्न सरकारले लकडाउन गरेको छ । गत चैत ११ गते देखि सरकराले लकडाउन गरेको हो ।

सरकारले अत्यावश्यक बाहेक घरबाहिर ननिस्कन भनिरहेको छ । तर, नियमित रुपमा प्रयोग हुने पैसाबाट पनि कोरोना सर्ने विज्ञहरुले बताइरहेका छन् । त्यसकारण कोरोनाबाट बच्न पैसाको प्रयोग नगर्न सरकारले सुझाव दिएको छ ।

सरकारले कारोबार गर्दा क्यासको बिकल्पको रुपमा कार्ड प्रयोग गर्न सुझाव दिएको छ । तर, नेपालको हकमा त्यो सम्भव नरहेको अधिकांश विज्ञहरु बताउँछन् । त्यसो भए पैसाबाट हुने कोरोनाको संक्रमणबाट कसरी जोगिने त ? यस्ता छन् जनस्वास्थ्यविज्ञ डा. रवीन्द्र पाण्डेका टिप्सः

हामीले दैनिक रुपमा प्रयोग गर्ने पैसा हामीले सोंचेभन्दा फोहोर हुन्छ । एउटा नोटमा सयौं किसिमका ब्याक्टेरिया, फंगस तथा भाइरस हुन्छन । पैसा अन्यन्तै क्रियाशील हुने र जसको हातमा पनि पुग्ने भएकोले पैसा बिभिन्न रोगको संवाहक हुनसक्छ । कागज तथा कटनको नोटमा भन्दा पोलिमर नोटमा जीवाणु कम समय रहन्छन् ।

नोटभन्दा क्वाइनमा भाइरस तथा ब्याक्टेरिया धेरै समय रहन्छ । नोटमा २ दिनसम्म र क्वाइनमा लामो समयसम्म भाइरस रहन सक्छ । रुघा लागेको व्यक्तिको म्युकस, मयल, ठाउँ अनुसारको फोहोर नोटमा लामो समयसम्म रहन्छ । स्विस अध्ययनले पैसामा १२ दिनसम्म जीवाणु रहन सक्ने बताएको छ ।

क्यासको बिकल्पको रुपमा कार्ड प्रयोग गरिने अभ्यास छ । कार्ड पनि संक्रमित हुनसक्छ । ओंलाइन कारोबार भने सुरक्षित मानिन्छ ।

चीनमा कोरोना संक्रमण सुरु भएदेखि पुराना नोट नष्ट गरिंदै आएको छ । टर्कीमा पैसालाई संक्रमणरहित बनाउने मेसिनको प्रयोग गरिएको छ । त्यस्तै कोरियामा नोटलाई १५० डिग्री सेल्सियसको तापक्रम दिएर मात्र बजारमा पठाइन्छ भने हंगेरीमा नोटलाई १४ दिन क्वारेन्टाइनमा राखेर तथा १७० डिग्री से तापक्रम दिएर बजारमा पठाइन्छ । यसको लागि अल्ट्राभ्वाइलेट रे को प्रयोग गरिन्छ । त्यस्तै कुवेतमा पैसालाई ४ हप्ता क्वारेन्टाइनमा राखिन्छ भने अमेरिकाले पनि संक्रमित ठाउँबाट ल्याएको पैसालाई क्वारेन्टाइनमा राख्दछ ।

अध्ययनले बताएको छ, १० ५ कोरोना भाइरस ४ घण्टासम्म मात्र नोटमा रहन्छ । जसलाई रातभर सुख्खा ठाउँमा राख्ने हो भने वा २ घण्टा घाममा राख्ने हो भने सामान्यतया संक्रमणरहित हुन्छ । केहि देशमा नोटलाई सर्फ पानीमा भिजाएर घाममा सुकाउने गरिएको पाइन्छ भने किटाणु मार्नको लागि नोटमा आइरन गर्ने पनि अभ्यास रहेको छ ।

क्वाइनलाई स्प्रिट वा स्यानिटाइजरले सफा गरेर घाममा सुकाएर सुरक्षित गरिन्छ । हाम्रो परिप्रेक्ष्यमा ग्लोभ लगाएर मात्र पैसाको कारोबार गर्ने, पैसालाई भान्सा, बैठक वा सुत्ने ठाउँमा नराख्ने, प्रयोग भएको पैसालाई सुख्खा ठाउँमा फिजारेर राख्ने तथा सामान किन्दा खुद्रा मिलाएर दिने (पैसा फिर्ता लिनु नपर्ने गरि ) गर्नु उपयुक्त हुन्छ ।

यी जति उपाय गरेपनि सबैभन्दा प्रभावकारी उपाय भनेको हात धुने नै हो पैसा छोएपछि हातले नाक, मुख तथा आँखामा नछुने एबम साबुनपानीले मिचिमिची हात धुने नै हो ।