काठमाण्डु – कोरोना निको हुनेको सङ्ख्या ४५७ हुँदा बिहीबार थप एक हजार ४९७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसहित सक्रिय सङ्क्रमितको सङ्ख्या १८ हजार ४३७ पुगेको छ ।
बुधबार भने सक्रिय सङ्क्रमितको सङ्ख्या १७ हजार ४१४ थियो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बुधबार देशमा सक्रिय सङ्क्रमितको
कोरोनामुक्त हुनेकोसङ्ख्या २५ हजार नाघेमा पुनः बन्दाबन्दी गर्न सिफारिस निर्णय गरेको थियो । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नेपालमा कुल सङ्क्रमितको सङ्ख्या ६९ हजार ३०१ पुगेको जानकारी दिनुभयो ।
हालसम्म ५० हजार ४११ जना सङ्क्रमित निको भएका छन् । बिहीबार ११ हजार ४४९ जनाको पीसीआर परीक्षण गरिएको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।




प्रतिक्रिया