कोरोनामुक्त हुनेको सङ्ख्या ४६ हजार नाघ्यो

कोरोनामुक्त हुनेको सङ्ख्या ४६ हजार नाघ्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – आइतबार नेपालमा थप एक हजार ३२५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा नौ हजार ५८४ जनाको पीसीआर परीक्षण गर्दा ती व्यक्तिमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

शनिबार एक हजार २०४ जनामा सङ्क्रमण पुष्टि भएको थियो । आइतबार थपिएसंँगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या ६४ हजार १२१ पुगेको छ । देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या १७ हजार ४७८ छ । यस्तै पछिल्लो २४ घण्टामा देशभर थप ९६६ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् ।

योसहित डिस्चार्ज हुनेको सङ्ख्या ४६ हजार २३३ पुगेको छ । देशभरका क्वारेन्टाइनमा सात हजार ४५१ जना र होम क्वारेन्टाइनमा आठ हजार ७०७ रहेका छन् । संस्थागत आइसोलेसनमा नौ हजार ७१ रहेको जनाइएको छ ।

पछिल्लो २४ घण्टामा काठमाण्डु उपत्यकामा थप ७६७ जनामा कोरोना सङ्क्रमण देखिएको छ । यसमा ३०५ जना महिला र ४६२ जना पुरुष छन् । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाण्डुमा २३० महिला र ३७२ पुरुष गरी कुल ६०२ जना, ललितपुरमा ३४ महिला र ३० जना पुरुष गरी ६४ जना र भक्तपुरमा ४१ महिला र ६० पुरुष गरी १०१ जनामा सङ्क्रमण देखिएको हो ।यो समाचार आजको गोरखापत्र दैनिकमा ।