काठमाण्डु – नेपालमा पछिल्लो २४ घण्टामा थप ४ हजार ३६४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नेपालमा कुल संक्रमितको संख्या ९८ हजार ६१७ पुगेको जानकारी दिए ।
त्यस्तै पछिल्लो २४ घण्टामा २६ सय ७५ जना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म नेपालमा ६१ हजार ३ सय ४५ जना कोरोना संक्रमित निको भएको प्रवक्ता गौतमले जानकारी दिए ।
सक्रिय संक्रमितको संख्या २६ हजार ६ सय ८४ रहेको छ । पछिल्लो २४ घण्टामा १८ हजार ४ सय ७३ जनाको पिसिआर परीक्षण गरिएको छ । होम आइसोलेसनमा रहनेहरुको संख्या १४ हजार ९ सय ६७ रहेको छ ।
नेपालमा पछिल्लो २४ घण्टामा थप १२ जनाको मृत्यु भएको छ । योसँगै मृतकको संख्या पाँच सय ९० पुगेको छ ।




प्रतिक्रिया