काठमाण्डु – नेपालमा पछिल्लो २४ घण्टामा थप ५ हजार ८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नेपालमा कुल संक्रमितको संख्या एक लाख ५हजार ६ सय ८४ पुगेको जानकारी दिए ।
त्यस्तै पछिल्लो २४ घण्टामा १२ सय २९ जना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म नेपालमा ७४ हजार २ सय ५२ जना कोरोना संक्रमित निको भएको प्रवक्ता गौतमले जानकारी दिए ।
सक्रिय संक्रमितको संख्या ३० हजार ८ सय १८ रहेको छ । पछिल्लो २४ घण्टामा १९ हजार ३ सय २० जनाको पिसिआर परीक्षण गरिएको छ । होम आइसोलेसनमा रहनेहरुको संख्या १७ हजार १ सय ६४ रहेको छ ।
नेपालमा पछिल्लो २४ घण्टामा थप १४ जनाको मृत्यु भएको छ । योसँगै मृतकको संख्या ६ सय १४ पुगेको छ ।




प्रतिक्रिया