काठमाडौं – नेपालमा कोरोना संक्रमितको संख्या २९५ पुगेको छ । आइतबार प्रदेश १ मा तीनजनालाई कोरोना संक्रमण पुष्टि पछि संक्रमितको संख्या २९५ पुगेको हो ।
विराटनगर महानगरपालिकामा २ जना र धनकुटामा एक जनामा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिएका छन् ।
धनकुटामा ३४ वर्षकी महिला, विराटनगरकी २९ वर्षकी महिला र ३६ वर्षका पुरुषमा संक्रमण पुष्टि भएको छ ।
संक्रमित धनकुटाकी महिला स्वास्थ्यकर्मी रहेको बताइएका छ । त्यस्तै नेपालमा कोरोनाबाट २ जनाको मृत्यु भइसकेको छ ।





प्रतिक्रिया