काठमाण्डु – नेपालमा पछिल्लो २४ घण्टामा थप २८ सय २४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार नेपालमा कुल संक्रमितको संख्या एक लाख ७३ हजार ५ सय ६७ पुगेको छ । पछिल्लो २४ घण्टामा १३ हजार २३ पिसिआर परीक्षण भएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा २२ सय ६४ जना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म नेपालमा १ लाख ३४ हजार ८ सय ४२ जना कोरोना संक्रमित निको भएका छन् ।
हालसम्म १४ लाख ५६ हजार ३ सय ६६ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । नेपालमा सक्रिय संक्रमितको संख्या ३७ हजार ७ सय ६५ रहेका छन् ।
पछिल्लो २४ घण्टामा २३ जनाको मृत्यु भएको छ । भने हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या ९ सय ६० पुगेको छ ।




प्रतिक्रिया