४५ सय कोरोना संक्रमित डिस्चार्ज, २९०९ जनामा संक्रमण पुष्टि

४५ सय कोरोना संक्रमित डिस्चार्ज, २९०९ जनामा संक्रमण पुष्टि

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपालमा पछिल्लो २४ घण्टामा थप २९ सय ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार नेपालमा कुल संक्रमितको संख्या एक लाख ८८ हजार ८ सय ८३ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ४५ सय जना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म नेपालमा १ लाख ५२ हजार ९ सय ८ जना कोरोना संक्रमित निको भएका छन् ।

हालसम्म १५ लाख १७ हजार ३ सय ४३ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा १८ जनाको मृत्यु भएको छ । भने हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ७० जना पुगेका छन् ।