२५७१ जना कोरोना संक्रमित थपिए, काठमाण्डु उपत्यकामा कति ?

२५७१ जना कोरोना संक्रमित थपिए, काठमाण्डु उपत्यकामा कति ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपालमा पछिल्लो २४ घण्टामा थप २५ सय ७१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार नेपालमा कुल संक्रमितको संख्या एक लाख ९७ हजार २४ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा १७ सय ९८ जना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म नेपालमा १ लाख ५९ हजार ७ सय २४ जना कोरोना संक्रमित निको भएका छन् ।

हालसम्म १५ लाख ५१ हजार २ सय ५४ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा १८ जनाको मृत्यु भएको छ भने हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ सय २६ जना पुगेका छन् ।

त्यस्तै पछिल्लो २४ घण्टामा काठमाण्डु उपत्यकामा एक हजार चार सय २८ जनामा संक्रमण पुष्टि भएको छ । जसमध्ये काठमाण्डुमा ११ सय ३६, ललितपुरमा, २०१ र भक्तपुरमा ९१ जना रहेका छन् ।