काठमाण्डु – नेपालमा पछिल्लो २४ घण्टामा थप २१ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार कुल संक्रमितको संख्या २ लाख ६ हजार ३ सय ५३ पुगेका छन् ।
त्यस्तै पछिल्लो २४ घण्टामा ३५ सय ३७ जना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म नेपालमा १ लाख ६८ हजार १ सय २९ जना कोरोना संक्रमित निको भएका छन् ।
हालसम्म १५ लाख ९३ हजार ८ सय ५० जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा १३ जनाको मृत्यु भएको छ भने हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२ सय २ जना पुगेका छन् ।




प्रतिक्रिया