काठमाण्डु – नेपालमा पछिल्लो २४ घण्टामा थप १४ सय ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार कुल संक्रमितको संख्या २ लाख ९ हजार ७ सय ७६ पुगेका छन् ।
त्यस्तै पछिल्लो २४ घण्टामा २७ सय ९८ जना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म नेपालमा १ लाख ७३ हजार ४ सय ३० जना कोरोना संक्रमित निको भएका छन् ।
हालसम्म १६ लाख ९० हजार ७९ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा ६ जनाको मृत्यु भएको छ भने हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२ सय २१ जना पुगेका छन् ।




प्रतिक्रिया