काठमाडौं उपत्यकामा पाँचसहित २७ जना कोरोना संक्रमित थपिए

काठमाडौं उपत्यकामा पाँचसहित २७ जना कोरोना संक्रमित थपिए

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नेपालमा कोरोना संक्रमितको संख्या ४०२ पुगेको छ । आज थप २७ जना थपिएपछि कोरोना संक्रमितको संख्या ४०२ पुगेको हो । संक्रमित हुनेहरुमा २४ पुरुष र ३ महिला रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा तीन, भक्तपुर र ललितपुरमा एक/एक, झापाका ९ , मोरङ र सुनसरीका एक/एक, सर्लाहीका २ , मकवानपुर र रामेछाप, सिन्धुली र लमजुङका एक/एक, कपिलवुस्तमा ४ र नवलपरासीका एक जनामा संक्रमण पुष्टि भएको छ ।