काठमाण्डु – नेपालमा पछिल्लो २४ घण्टामा थप ५ सय जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार कुल संक्रमितको संख्या २ लाख ५७ हजार ७ सय पुगेका छन् ।
त्यस्तै पछिल्लो २४ घण्टामा ८४० जना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म नेपालमा २ लाख ४९ हजार १ सय ३२ जना कोरोना संक्रमित निको भएका छन् ।
हालसम्म १९ लाख ५ हजार ८ सय २६ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा ३ जनाको मृत्यु भएको छ भने हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १८ सय १९ जना पुगेका छन् ।




प्रतिक्रिया