काठमाण्डु – नेपाल दक्षिण एशियामा कोरोना भाइरसविरुद्धको खोपको प्रयोग देशको चौथो स्थानमा परेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार नेपालमा कूल जनसंख्याको १.४ प्रतिशत अर्थात चार लाख २९ हजार ७ सय ५ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका हुन् ।
पहिलोमा माल्दिभ्स रहेको छ । माल्दिभ्सले कूल जनसंख्याको १८.१९ प्रतिशत अर्थात ९८ हजार ३ सय ११ जनामा कोरोनाको खोप लगाएको हो । सन् २०१९ को तथ्यांकअनुसार माल्दिभ्सको कूल जनसंख्या पाँच लाख ३० हजार ९ सय ५३ रहेको छ ।
त्यस्तै दोस्रोमा श्रीलंका रहेको छ । श्रीलंकामा कूल जनसंख्याको १.८४ प्रतिशत अर्थात ३ लाख ९३ हजार ४ सय ६९ जनाले कोरोनाको खोप लगाएका छन् । श्रीलंकामा २ करोड भन्दा बढी जनसंख्या रहेको छ ।
यस्तै तेस्रोमा बंगलादेश रहेको छ । बंगलादेशमा कूल जनसंख्याको १.७३ प्रतिशत अर्थात साढे २८ लाख जनसंख्याले कोरोनाको खोप लगाएका छन् । बंगलादेशमा साढे १६ करोड भन्दा धेरै जनसंख्या छ ।
भारतमा ०.९५ प्रतिशत खोप लगाइएको छ । भारतले कूल जनसंख्याको ०.९५ प्रतिशत खोप लगाएको छ । सन् २०२० को तथ्यांकअनुसार भारतको कूल जनसंख्या १ अर्ब ३८ करोड भन्दा बढी छ ।
छैटौंमा पाकिस्तान रहेको छ । पाकिस्तानमा कूल जनसंख्याको ०.०३ प्रतिशत अर्थात ७२ हजार ८ सय ८२ जना नागरिकहरुले कोरोनाको खोप लगाएका छन् । सन् २०२१ को तथ्यांकअनुसार पाकिस्तानको कूल जनसंख्या २२ करोड ३७ लाख ४९ हजार १५५ रहेको छ ।




प्रतिक्रिया