पछिल्लो २४ घण्टामा ३ हजार ७ जना कोरोना संक्रमित डिस्चार्ज

पछिल्लो २४ घण्टामा ३ हजार ७ जना कोरोना संक्रमित डिस्चार्ज

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु — नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ९२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

६ हजार जनामा गरिएको पीसीआर परीक्षणमा १ हजार ३५३ र ३ हजार ८३६ जनामा गरिएको एन्टिजेन परीक्षणमा ५६७ जना गरी १ हजार ९२० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा ३ हजार ७ जना कोरोना संक्रमित निको भएका छन् । त्यसैगरी आज देशभर ३४ जना कोरोना संक्रमितको मृत्यु भएको छ भने हाल सम्म ९ हजार ९ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।