पछिल्लो २४ घण्टामा ४३४८ कोरोना संक्रमित निको भए, २० जनाको मृत्यु

पछिल्लो २४ घण्टामा ४३४८ कोरोना संक्रमित निको भए, २० जनाको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु — नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ६३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

७२५९ जनामा गरिएको पीसीआर परीक्षणमा १७२८ र ४ हजार ४८९ जनामा गरिएको एन्टिजेन परीक्षणमा ९०८ जना गरी २ हजार ६३६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा ४ हजार ३ सय ४८ जना कोरोना संक्रमित निको भएका छन् ।

त्यसैगरी आज देशभर २० जना कोरोना संक्रमितको मृत्यु भएको छ । हाल सम्म ९ हजार ७१ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज काठमाण्डु उपत्यकामा ४५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाण्डुमा ३०२, ललितपुरमा १०० र भक्तपुरमा ५६ जना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ ।