नेपालमा १६०३ जनामा कोरोना संक्रमण पुष्टि, २७ जनाको मृत्यु

नेपालमा १६०३ जनामा कोरोना संक्रमण पुष्टि, २७ जनाको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु — नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ६०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर विधिबाट गरिएको परीक्षणमा १ हजार ४२ र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ५६१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

आज देशभर २ हजार ५५२ जना कोरोना संक्रमित निको भएका छन् । त्यस्तै आज २७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।