काठमाण्डु – नेपालमा पछिल्लो २४ घण्टामा थप चार हजार एक सय ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज देशभर १६ हजार २५८ जनामा परीक्षण गर्दा चार हजार एक सय ७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
आज देशभर १ हजार ५३५ जना कोरोना संक्रमित निको भएका छन् । त्यसैगरी पछिल्लो २४ घण्टामा देशभर कोरोना संक्रमणबाट २० जनाको मृत्यु भएको छ ।
त्यस्तै काठमाण्डु उपत्यकामा १२७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसअनुसार काठमाण्डुमा ९०८, ललितपुरमा १६५ र भक्तपुरमा २०६ जना रहेका छन् ।




प्रतिक्रिया