सोमबार १०९५ जना कोरोना संक्रमित थपिए, ८ जनाको मृत्यु

सोमबार १०९५ जना कोरोना संक्रमित थपिए, ८ जनाको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपालमा पछिल्लो २४ घण्टामा थप १०९५ जनामा कोरोना  संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ८१७ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ९७५ तथा एन्टिजेन विधिबाट परीक्षण गर्दा १०९५ जनामा संक्रमण पुष्टि भएको हो ।

आज देशभर २ हजार ९५७ जना कोरोना संक्रमित निको भएका छन् । हाल देशभर २२ हजार २२३ जना सक्रिय संक्रमति रहेका छन् ।  त्यसैगरी पछिल्लो २४ घण्टामा थप ८ कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।

योसँगै कोरोना सङ्क्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ११ हजार ४८ पुगेको छ ।