बुधबार थपिए ३६५ कोरोना संक्रमित, थप ४ जनाको मृत्यु

बुधबार थपिए ३६५ कोरोना संक्रमित, थप ४ जनाको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – पछिल्लो २४ घण्टामा नेपालमा थप ३६५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । ५५९४ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ३२६ तथा एन्टिजेन विधिबाट ३९ जनामा संक्रमण पुष्टि भएको हो ।

नेपालमा हाल १४२६७ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये १३ हजार १७२ जना होमआइसोलेसन, १ हजार ९५ जना संस्थागत आइसोलेसन, ३१५ जना आईसीयू र १०७ जना भेन्टिलेटरमा रहेका छन् ।

यस्तै आज थप ६०९ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । याेसँगै नेपालमा कूल संक्रमितमध्ये ७ लाख ७८ हजार ३५० जना संक्रमणमुक्त भइसकेका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा काेराेना संक्रमणबाट थप ४ जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनको कुल संख्या ११ हजार २६१ पुगेको छ ।