कास्की – नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । आइतबार पोखरामा आइसोलेसनमा भर्ना भएका एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको हो ।
योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १४ पुगेको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरामा आइतबार कोरोना संक्रमणको कारण आईसोलेसनमा भर्ना गरिएका स्याङ्जाका ६० वर्षीय वृद्धको निधन भएको हो ।
गण्डकी स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा मृत्यु भएका संक्रमितको शव व्यस्थापनको तयारी समेत सुरु गरिसकेको छ ।
आइतबारसम्म नेपालमा कोरोना संक्रमितको संख्या ३ हजार ४ सय ४८ पुगेको छ । त्यसमध्ये ४ सय ६७ जना डिस्चार्ज भएका छन् ।





प्रतिक्रिया