बाँकेमा २९ जना कोरोना संक्रमित डिस्चार्ज, कर्णालीमा २० जना थपिए

बाँकेमा २९ जना कोरोना संक्रमित डिस्चार्ज, कर्णालीमा २० जना थपिए

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – बाँकेमा २९ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् ।

डिस्चार्ज हुनेहरुमा नरैनापुरका २२ र राप्ती सोनारीका सात जनालाई मङ्गलबार डिस्चार्ज गरिएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । योसँगै बाँकेमा कोरोना सङ्क्रमणबाट मुक्त भएर घर फर्किनेको सङ्ख्या ९७ पुगेको छ ।

त्यस्तै कर्णालीमा थप २० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला, प्रदेश अस्पताल र पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा सल्यानका १२, सुर्खेतका चार र जुम्लाका दुई जना सङ्क्रमित भेटिएको छ ।

यस्तै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको परीक्षणमा सल्यान र सुर्खेतका एकरएक जना सङ्क्रमित भेटिएका छन् ।