नेपालमा २४ घण्टामा थपिए ३२३ कोरोना संक्रमित

नेपालमा २४ घण्टामा थपिए ३२३ कोरोना संक्रमित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा ३२३ कोरोना संक्रमित थपिएका छन् । संक्रमित मध्ये २९२ पुरुष र ३१ महिला रहेको स्वास्थ्य मन्त्रायले जनाएको छ ।

प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार हालसम्म देशभर ५८४ जना कोरोना संक्रमित उपचारपछि डिस्चार्ज भएका छन् ।

पछिल्लो २४ घण्टामा ९६ जनाले कोरोना भाइरसको संक्रमण जितेका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या चार हजार ८५ पुगेको छ । नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १५ पुगेको छ ।