नेपालमा २७९ जना कोरोना संक्रमित थपिए

नेपालमा २७९ जना कोरोना संक्रमित थपिए

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा २७९ जना कोरोना संक्रमित थपिएका छन् । जसमध्ये २५७ पुरुष र २२ महिला रहेका छन् ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या चार हजार तीन सय ६४ पुगेको छ ।

नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १५ पुगेको छ । कोरोना संक्रमित जिल्लाको संख्या ७२ पुगेको छ ।

तीमध्ये ६७४ जना कोरोना भाइरस जितेर डिस्चार्ड भएका छन् भने १५ जनाले ज्यान गुमाएका छन् ।