काठमाडौं – नेपालमा २५० जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या चार हजार ६ सय १४ पुगेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतम ८६१ जना संक्रमित डिस्चार्ज भएका छन् भने १५ जनाले ज्यान गुमाएका छन् ।
सरकारले पछिल्लो समय पिसिआर प्रविधिबाट दैनिक झन्डै ४ हजार ५ सयका दरले परीक्षण गरिरहेको छ । अहिलेसम्म १ लाख १५ हजार ९ सय ३० जनाको पिसिआरबाट परीक्षण गरिएको छ । आरडिटीबाट १ लाख ७८ हजार एक सय ४३ को परीक्षण गरिएको छ ।




प्रतिक्रिया