कैलालीका कोरोना संक्रमित युवा १ हजार जनाको समूहबाट नेपाल छिरेको खुलासा

कैलालीका कोरोना संक्रमित युवा १ हजार जनाको समूहबाट नेपाल छिरेको खुलासा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – कैलालीमा एकै दिन तीन जनामा कोरोनाको संक्रमण भेटिएको छ । नेपालमा कोरोना संक्रमितको संख्या ९ पुगेको ।

स्वास्थ्य मन्त्रालयले नेपालमा कोरोना संक्रमितको संख्या ९ पुगेको जानकारी दिएको हो । सुदुरपश्चिम प्रदेशमा एकैपटक तीन जना कोरोनाका बिरामी देखिएका हुन् । संक्रमित हुनेहरुमा २१, ३५ र ४१ वर्षका रहेका छन् ।  ती मध्ये एक जना २१ वर्षीय युवा सरकराले लकडाउन गरेपछि भारतबाट नेपाल छिरेका थिए ।

सरकारले कोरोना भाईरसको संक्रमण फैलिन नदिन चैत १० गतेदेखि लकडाउन र सीमा नाका बन्द गरेपछि उनी कैलालीको गौरीफन्टा नाका भएर फर्किएको खुलेको हो । चैत ११ गते नेपाल प्रवेश गर्नुपर्ने माग गर्दै गौरीफन्टामा नाराबाजीमा उत्रिएको भीडमा उनी पनि सहभागी रहेको पाईएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले ११ गते गौरीफन्टा नाकाबाट गाडीको व्यवस्था गरी विभिन्न ठाउँ पठाएका यात्रुहरुमा उनी पनि रहेको बुझिएको जानकारी दिए । गौरीफान्टा नाकामा ११ गते बिहान भारतबाट फर्किएकाहरुले नेपाल प्रवेश गर्न पाउनुपर्ने माग गर्दै सरकार विरुद्ध नारा बाजी गरेका थिए ।

उनीहरुले सुरक्षाकर्मीमाथि समेत ढुङ्गामुढा गर्न थालेपछि बल प्रयोग गर्नुपर्ने अवस्था आएको थिया । मन्त्रिपरिषद् बैठकको निर्णयपछि सीमामा रोकिएका ९ सय ९९ जनालाई प्रहरीले २१ वटा बस मार्फत गन्तव्यमा पठाएको थियो । ११ गते साँझ नै लम्की पुगेका उनलाई १२ गते बिहान मात्र लम्कीचुहा नगरपालिका वडा नम्बर ९ को प्रतापपुर सरस्वती माध्यमिक विद्यालयको क्वारेन्टाईनमा राखिएको थियो ।