नेपालमा एकैदिन थपिए ६७१ जना कोरोना संक्रमित

नेपालमा एकैदिन थपिए ६७१ जना कोरोना संक्रमित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नेपालमा थप ६७१ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७८४८ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आज १९ जना डिस्चार्ज भएको जानकारी दिए । उनकाअनुसार नेपालमा कोरोनाबाट डिस्चार्ज हुनेहरुको संख्या १ हजार १ सय ८६ पुगेको छ ।

यस्तैै कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या २२ पुगेको छ । पछिल्लो २४ घण्टामा २ जनाको मृत्यु भएको उनले बताए । २ लाख ४३ हजार ७५ जनाको आरडिटी टेस्ट गरिएको उनले बताए ।