काठमाडौंमा ९६सहित सुदूरपश्चिम प्रदेशमा एकैदिन थपिए १३७ जना कोरोना संक्रमित

काठमाडौंमा ९६सहित सुदूरपश्चिम प्रदेशमा एकैदिन थपिए १३७ जना कोरोना संक्रमित


काठमाडौं – सुदूरपश्चिम प्रदेशमा एकैदिन १३७ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।

सामाजिक विकास मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परिक्षणमा ९६ र सेती प्रादेशिक अस्पतालमा ४१ गरी १३७ जनामा कोरोना संक्रमण देखिएको हो ।

सामाजिक विकास मन्त्रालयका अनुसार आज थपिएकामा कैलालीका मात्रै ८० जना छन् ।

यस्तै कञ्‍चनपुरका ८, अछामका ७, बैतडीका १४, डडेल्धुराका १८, डोटीका ७,र बझाङका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।  संक्रमितमध्ये एक सय ३४ जना निको भएर घर फर्किएका छन् भने पाँच जनाको मृत्यु भएको छ ।