काठमाडौं – नेपालमा कोरोना संक्रमित ३ जना थपिएका छन् । उनीहरु उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्केको नुरी मस्जिदमा बसेको जमातीहरुको समूहकै सदस्य हुन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले उदयपुरका तीन जना पुरुषमा कोरोनाको संक्रमण पाइएको हो । उनीहरु २४, ६० र ७२ वर्षका रहेका छन् ।
यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ४५ पुगेको छ । उनीहरु मध्ये ७ जना निको भइसकेका छन् ।




प्रतिक्रिया