नेपालमा कोरोना संक्रमितको संख्या १४ हजार नाघ्यो, चार हजार डिस्चार्ज

नेपालमा कोरोना संक्रमितको संख्या १४ हजार नाघ्यो, चार हजार डिस्चार्ज

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नेपालमा थप ४८२ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १४ हजार ४६ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमकाअनुसार  नेपालमा कोरोना मुक्त हुनेहरुको संख्या चार हजार ६ सय ५६ जना पुगेको छ ।

९ हजार ३ सय ६० जना आइसोलेसनमा रहेको उनले बताए । २४ घण्टामा ४ हजार आठ सय ८६ जनाको पिसिआर परीक्षण गरिएको छ । त्यस्तै क्वारेन्टाइनमा रहेका मानिसहरुको संख्या ४८ हजार ३ सय ६२ जना रहेका छन् । त्यस्तै कोरोनाबाट मृत्यु हुनेको संख्या ३० पुगेको छ ।