१८० जना कोरोना संक्रमित थपिए, २ सय ६४ जना डिस्चार्ज

१८० जना कोरोना संक्रमित थपिए, २ सय ६४ जना डिस्चार्ज

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नेपालमा थप १८० जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १५ हजार ९ सय ६४ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमकाअनुसार नेपालमा आइसोलेसनमा ९ हजार १ सय १८ जना कोरोना संक्रमित रहेका छन् ।

पछिल्लो २४ घण्टामा २ सय ६४ जना र आज सम्म ६ हजार ८ सय ११ कोरोना संक्रमणमुक्त भएर डिस्चार्ज भएको प्रवक्ता गौतमले बताए ।

विगत २४ घण्टामा ४ हजार ७ सय १० जनाको पिसिआर परीक्षण भएको छ ।