पर्साका २ जनाको कोरोना संक्रमणबाट मृत्यु

पर्साका २ जनाको कोरोना संक्रमणबाट मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपालमा कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ ,

नेसनल मेडिकल कलेजमा ७० वर्षीय र गण्डक अस्पतालमा ६५ वर्षीय पुरूषको कोरोनाले मृत्यु भएको हो । मृतक दुवै जना पर्साका हुन् ।

दुबै जनाको नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा नतिजा पोजेटिभ देखिएको हो ।

वीरगन्ज निवासी ती वृद्धलाई पखालाको समस्या देखिएपछि अस्पताल भर्ना गरिएको वीरगन्जस्थित नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर मदनकुमार उपाध्यायले बताए ।

योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५१ पुगेको छ ।