एकैदिन थपिए २४६ कोरोना संक्रमित, १११ जना डिस्चार्ज

एकैदिन थपिए २४६ कोरोना संक्रमित, १११ जना डिस्चार्ज

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपालमा थप २४६ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २० हजार ४ सय ३२ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमकाअनुसार नेपालमा कोरोना मुक्त हुनेहरुको संख्या १४ हजार ६ सय ३ जना पुगेको छ । पछिल्लो २४ घण्टामा १११ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । त्यस्तै कोरोनाबाट मृत्यु हुनेको संख्या ५७ पुगेको छ ।

मन्त्रालयका अनुसार नेपालमा पाँच सय बढी संक्रमित हुने जिल्ला रौतहट र कैलाली हुन् । अहिले कोरोना संक्रमण शून्य हुने जिल्लाको संख्या भने ६ पुगेको छ । प्रवक्ता गौतमका अनुसार भोजपुर, संखुवासभा, रसुवा, काभ्रे, मनाङ र मुस्ताङमा कोरोना संक्रमण शून्यमा झरेको हो ।

त्यस्तै मन्त्रालयले १२ वर्ष भन्दा कम र ६० वर्षभन्दा माथिका उमेर समूहमा नागरिकहरुलाई घर बाहिर ननिस्कन आग्रह गरेको छ । प्रवक्ता डा. गौतमले ८० प्रतिशत संक्रमित कुनै समस्या बिना निको भएको बताए ।

उनले कोरोना संक्रमण भइहालेमा नआत्तिन पनि आग्रह गरेका छन् । प्रवक्त गौतमले कोरोना संक्रमण निको भएको मानिसहरुलाई घृणा नगर्न पनि आग्रह गरेका छन् । उनले काठमाण्डु उपत्यका प्रवेश गर्ने नाकाबाट १० हजार भन्दा बढीको नमूना संकलन गरिएको जानकारी दिए ।