नेपालमा कोरोना संक्रमितको संख्या २३ हजार नाघ्यो, ३३८ जना थपिए

नेपालमा कोरोना संक्रमितको संख्या २३ हजार नाघ्यो, ३३८ जना थपिए

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपालमा पछिल्लो २४ घण्टामा थप ३ सय ३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नेपालमा कुल संक्रमितको संख्या २३ हजार ३ सय १० पुगेको जानकारी दिए । सक्रिय संक्रमितको संख्या ६ हजार ७ सय ३८ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा १४० जना संक्रमित निको भएका छन् भने अहिलेसम्म नेपालमा १६ हजार ४ सय ९३ जना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्केका छन् ।

क्वारेन्टाइनमा रहेका मानिसहरुको संख्या ११ हजार ३८ रहेको डा. गौतमले जानकारी दिए । उनले ४ लाख ५२ हजार २ सय ३६ जनाको पीसीआर परीक्षण गरिएको जानकारी दिए ।

आज मात्रै ८ हजार ४ सय ३२ जनाको पीसीआर परीक्षण गरिएको छ ।  नेपालमा मृतकको संख्या ७९ पुगेको छ ।