पछिल्लो २४ घण्टामा थपिए ६३८ कोरोना संक्रमित, १७१ जना डिस्चार्ज

पछिल्लो २४ घण्टामा थपिए ६३८ कोरोना संक्रमित, १७१ जना डिस्चार्ज

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपालमा पछिल्लो २४ घण्टामा थप ६ सय ३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नेपालमा कुल संक्रमितको संख्या २३ हजार ९ सय ४८ पुगेको जानकारी दिए । सक्रिय संक्रमितको संख्या ७ हजार २ सय १ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा १७१ जना संक्रमित निको भएका छन् भने अहिलेसम्म नेपालमा १६ हजार ६ सय ६४ जना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्केका छन् । त्यस्तै १८३ जना स्वास्थ्यकर्मी संक्रमित भएका छन् ।

विगत २४ घण्टामा १० हजार ४ सय ६२ को पिसिआर परीक्षण भएको छ । हालसम्म ४ लाख ६२ हजार बढीको पिसिआर परीक्षण भएको छ ।

कोरोना भाइरसबाट थप चार जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८३ पुगेको छ ।